२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीत सार्वजनिक


सञ्चार डबली
  • शनिबार, साउन २३ २०८३
  • 2.1K
    SHARES

  • images
    ‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेले स्वर दिएका छन् ।

    पञ्चेबाजाको प्रयोगसहित डान्सिङ बिटमा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य देख्न सकिन्छ । सुन्दर युवती देखेपछि युवकले घरजमको प्रस्ताव राख्ने र युवतीले त्यसलाई अस्वीकार गर्ने प्रसंगलाई गीतको कथावस्तु बनाइएको छ ।

    हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बा स् एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथाका रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

    चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

    कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘बा स् एक योद्धा’ले बाबु–सन्तानको सम्बन्ध, त्याग र संघर्षको कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend