२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्वास्थ्य उपचारमा नागरिकको ‘आउट अफ पकेट’ खर्च ५४ प्रतिशत


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 4.8K
    SHARES

  • images
    स्वास्थ्य उपचारमा नागरिकको ‘आउट अफ पकेट’ खर्च ५४ प्रतिशत

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रका केही सूचकमा उत्साहजनक सुधार देखिएको बताएका छन् । तर, केही गम्भीर विषय अझै ‘रेड जोन’मा रहेको उनले उल्लेख गरे ।

    बिहीबार (साउन २१) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका निम्ति नेपालले थप संरचनागत र नीतिगत सुधार गर्नुपर्ने बताएका हुन् । नेपालमा हेपाटाइटिस ‘बी’को निवारण, फाइलारियासिस नियन्त्रण, कुल प्रजननदर (२.१) र गर्भवती जाँच (एन्टिनेटल केयर)को अवस्था सन्तोषजनक रहेको उनले जानकारी दिए ।

    यही गतिमा काम भए यी सूचकमा नेपाल दिगो विकास लक्ष्यसम्म ‘ग्रीन जोन’मा पुग्ने उनले विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रूपमा आउट अफ पकेट एक्सपेडिचर (नागरिकले उपचारका निम्ति आफ्नै गोजीबाट गर्ने खर्च) रहेको सचिव देवकोटाले बताए ।

    सरकारी लगानी र निःशुल्क सेवाका बाबजुद निजी अस्पतालको महँगो शुल्क र औषधि एवं उपचारको बढ्दो दररेटका कारण यो भार बढेको उनको विश्लेषण छ ।

    “...नवजात शिशु मृत्यु, मातृमृत्यु, क्षयरोग, आत्महत्या, पाठेघरको मुखको क्यान्सर, डेंगी तथा आउट अफ पकेट स्वास्थ्य खर्च अझै चुनौतीका रूपमा छन्,” उनले भने, “हाल स्वास्थ्यमा हुने कुल खर्चको करिब ५४.२ प्रतिशत नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपरेको छ भने बाँकी ४६ प्रतिशत सरकारले वहन गरेको छ ।” 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend