२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर: NAIMA 2026 मा Ather Nepal ले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे


सञ्चार डबली
  • बुधबार, साउन २० २०८३
  • 2.4K
    SHARES

  • images
    एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर: NAIMA 2026 मा Ather Nepal ले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे


    काठमाडौं । NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन Ather Energy Nepal ले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।

    गत वर्ष Ather Nepal ले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेल ले Ather Rizta जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि Ather Nepal ले यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो।

    अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ ब्तजभच स्कुटरको मालिक बनाउन सक्छ।

    कसरी सहभागी हुने?
    प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:
        ● Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्ने।
        ● NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा आउने।
        ● Ather स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने।
        ● उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई         पनि Tag गर्ने।

    यी चार चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्नेछन ।

    तर Ather को अनुभव यतिमै सीमित रहने छैन।

    यस वर्षको Ather Stall लाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ। यहाँ आगन्तुकहरूले Ather का नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन्। साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत Ather किन बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव पनि लिन सकिनेछ।

    तपाईं विद्युतीय सवारीका पारखी हुनुहोस्, पहिलो पटक भ्ख् खरिद गर्ने सोचमा हुनुहोस् वा भविष्यको स्मार्ट मोबिलिटीबारे जान्न उत्सुक हुनुहोस्—Ather Stall ले तपाईंलाई अन्यत्र नभेटिने विशेष अनुभव प्रदान गर्नेछ।

    NAIMA Mobility Expo 2026 आगामी ११ अगस्टदेखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा Hall C, Stall C2 मा रहेको Ather Stall मा अवश्य आउनुहोस्, Ather को जादुई अनुभव महसुस गर्नुहोस्, हाम्रो टोलीसँग भेटघाट गर्नुहोस्, नवीनतम उत्पादनहरू अवलोकन गर्नुहोस् र मेगा गिभअवेमा सहभागी भई नयाँ ब्तजभच स्कुटर जित्ने अवसर प्राप्त गर्नुहोस्।

    प्रदर्शनी केवल अवलोकन मात्र नगर्नुहोस्—Ather को जादुई अनुभव लिनुहोस्, एउटा अविस्मरणीय क्षण कैद गर्नुहोस्, र सायद तपाईं नै बन्नुहोस् नयाँ Ather स्कुटरका भाग्यशाली विजेता।
    भेटौँ NAIMA Mobility Expo 2026 मा — Hall C, Stall C2।
    भविष्यको स्मार्ट मोबिलिटी तपाईंको प्रतीक्षामा छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend