२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

किभमा रुसको क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको मृत्यु, २२ घाइते


सञ्चार डबली
  • बुधबार, साउन २० २०८३
  • 46.0K
    SHARES

  • images
    किभमा रुसको क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको मृत्यु, २२ घाइते

    काठमाडौँ । रुसले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत भीषण आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । यस वर्ष राजधानी किभमा भएका सबैभन्दा घातक आक्रमणमध्ये यो एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    आक्रमण सुरु भएपछि एक घण्टाभन्दा बढी समयसम्म किभ र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको थियो । युक्रेनको किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले रुसले फेरि एकपटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन्। उनका अनुसार बोरिस्पिल जिल्लामा नौ, बुचा जिल्लामा चार र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको छ ।

    किभ सैन्य प्रशासनका अनुसार आक्रमणबाट आवासीय भवन र गोदाममा क्षति पुगेको छ। रुसको निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न युक्रेनले आफ्ना सहयोगी राष्ट्रहरूसँग अमेरिकी ‘प्याट्रियट’ वायु रक्षा प्रणालीका थप क्षेप्यास्त्र अवरोधक उपलब्ध गराउन आग्रह गरेको छ।

    यता रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण, सैन्य सामग्री आपूर्ति केन्द्र तथा मानवरहित हवाई उपकरण उत्पादन र वितरण केन्द्रलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको छ। साथै कालो सागरस्थित ओडेसा बन्दरगाह नजिक हतियार र सैन्य सामग्री बोकेका तीन मालवाहक जहाजलाई पनि निशाना बनाइएको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend