२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युक्रेनको राजधानी किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण हुँदा नौ जनाको मृत्यु


सञ्चार डबली
  • शनिबार, साउन १६ २०८३
  • 54.4K
    SHARES

  • images
    युक्रेनको राजधानी किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण हुँदा नौ जनाको मृत्यु

    काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रबाट ठूलो आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

    स्थानीय अधिकारीहरूका अनुसार राजधानीका विभिन्न क्षेत्रमा एकपछि अर्को गर्दै विस्फोट भएका थिए । किभका मेयर भिताली क्लिच्कोले शहरमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्दै विभिन्न स्थानमा आगलागी भएको र केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको बताएका छन् ।

    अधिकारीहरूका अनुसार सोलोमियान्स्की जिल्लामा रहेको पाँचतले आवासीय भवनको एक भाग भत्किएको छ । उक्त भवनमा भएको क्षतिमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित आठ जना घाइते भएका छन् ।

    पछिल्ला केही दिनयता रुसले किभमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको तीव्रता बढाएको छ । निरन्तर आक्रमण भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आधुनिक अवरोधक क्षेप्यास्त्रको आवश्यकता रहेको बताएका छन् ।

    यसै साता राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै प्याट्रियट अवरोधक क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति उपलब्ध गराउन आग्रह गरेका थिए ।

    यद्यपि, शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले हालसम्म युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादनको अनुमति नदिएको, तर यस विषयमा छलफल भने जारी रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend