२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दिपल निभो क्यू ०५ ले जित्यो ‘गोल्डेन ए डिजाइन अवार्ड’


सञ्चार डबली
  • मंगलबार, साउन १२ २०८३
  • 2.3K
    SHARES

  • images
    दिपल निभो क्यू ०५ ले जित्यो ‘गोल्डेन ए डिजाइन अवार्ड’

    काठमाडौं । दिपल निभो क्यू०५ ले ‘अन्तर्राष्ट्रिय गोल्डेन ए डिजाइन अवार्डश’ जितेको छ ।

    आधुनिक डिजाइन, प्राविधिक उत्कृष्टता र प्रयोगकर्तालाई उपयोगी अनुभव दिने क्षमताका आधारमा निभो क्यू०५ यो सम्मानका लागि छनोट भएको हो ।

    दिपल निभो क्यू०५ को डिजाइन चांगान ग्लोबल डिजाइन सेन्टर ले तयार गरेको हो । यसले स्मार्ट प्रविधि र वातावरणमैत्री (न्यून कार्बन) सवारी निर्माण गर्ने चांगानको लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छ ।

    कम्पनीका अनुसार निभो ब्रान्डलाई परिवारका लागि स्मार्ट र सहज एसयूभीका रूपमा विकास गरिएको हो । यसमा पर्याप्त ठाउँ, आधुनिक प्रविधि, आरामदायी यात्रा, राम्रो रेन्ज र सहज चार्जिङ सुविधा उपलब्ध गराइएको छ ।

    चांगानले १६३ वर्षको औद्योगिक इतिहास र ४१ वर्षको कार उत्पादन अनुभवका आधारमा विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ ।

    दिपल निभो क्यू०५ नेपालमा हुने नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend