२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनसरीमा दुई समूहबिच झडप हुँदा गोली चल्यो: एक जनाको मृत्यु, १० घाइते


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 2.4K
    SHARES

  • सुनसरीमा दुई समूहबिच झडप हुँदा गोली चल्यो: एक जनाको मृत्यु, १० घाइते

    सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।

    सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    ​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ। 

    केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    ​प्रत्यक्षदर्शीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको थियो। 

    सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच भनाभन भएको थियो।

    आइतबार राति करिब ९ बजेतिर सुरु भएको सामान्य भनाभनपछि स्थिति नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्। स्थिति बिग्रँदै गएपछि दुवै पक्षबीच आक्रमण, आगजनी र तोडफोड सुरु भएको स्थानीयको भनाइ छ।

    ​नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल तथा सवारी साधनहरूमा तोडफोड र आगजनी भइरहेको थियो। 

    स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend