२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता


सञ्चार डबली
  • आइतबार, साउन १० २०८३
  • 3.2K
    SHARES

  • दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

    भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि प्रदर्शन फिर्ता लिने घोषणा गरेको हो ।

    सीजेपीले आफ्ना माग सम्बोधन भएको दाबी गर्दै समर्थकहरूलाई शान्तिपूर्ण रूपमा घर फर्किन आग्रह गरेको हो । यसअघि प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाइ र अन्य मागलाई लिएर आन्दोलन चर्किएको थियो ।

    जन्तर–मन्तर क्षेत्रमा केही दिनदेखि जारी प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्ली प्रहरीले जन्तरमन्तर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने प्रदर्शनस्थलमा निगरानी बढाइएको थियो ।

    सीजेपीको प्रदर्शन शिक्षा क्षेत्रका समस्या, परीक्षा अनियमितता र सरकारको जवाफदेहितासँग सम्बन्धित मागहरूलाई लिएर सुरु भएको थियो । आन्दोलनका क्रममा विद्यार्थी तथा युवा समूहको ठूलो सहभागिता देखिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend