२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, साउन १० २०८३
  • 4.3K
    SHARES

  • कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –०६ बिमिया स्थित हुलाकी सडक-खण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा पठाइएकोमा चिकित्सकले आईतबार राति १:५० बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।

    मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ भने शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

    दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बसका सह-चालक जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका -०५ खैरागार बस्ने २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ । बस चालक जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका -०२ खरीगैरा बस्ने २८ वर्षीय श्याम कुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend