२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपालमा ह्वावेको ‘फ्युजनसोलार ९.०’ र ऊर्जा भण्डारण प्रविधि सार्वजनिक


सञ्चार डबली
  • बुधबार, साउन ६ २०८३
  • 2.4K
    SHARES

  • नेपालमा ह्वावेको ‘फ्युजनसोलार ९.०’ र ऊर्जा भण्डारण प्रविधि सार्वजनिक

    काठमाडौं । ह्वावेले नेपालमा स्वच्छ ऊर्जा उत्पादन र विद्युत् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुई नयाँ ऊर्जा प्रविधि सार्वजनिक गरेको छ ।

    काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले ‘फ्युजनसोलार ९.०’ र ‘लुटेरा युटिलिटी ग्रिड फर्मिङ’ नामका प्रविधिको औपचारिक शुभारम्भ गरेको हो ।

    कार्यक्रमको उद्घाटन नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र ह्वावेका अधिकारीहरूले संयुक्त रूपमा गरेका थिए ।

    ह्वावेका अनुसार फ्युजनसोलार ९.० ले सौर्य ऊर्जा परियोजनामा डिजिटल प्रविधिको प्रयोग गरी बढी विद्युत् उत्पादन गर्न सहयोग गर्छ । लुटेरा युटिलिटी ग्रिड फर्मिङ भने विद्युत् भण्डारण गर्ने आधुनिक ब्याट्री प्रणाली हो, जसले सौर्य वा अन्य नवीकरणीय स्रोतबाट उत्पादन भएको बिजुली सुरक्षित राखेर आवश्यक पर्दा प्रयोग गर्न मद्दत गर्छ ।

    कम्पनीले यी प्रविधिले नेपालमा विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न, राष्ट्रिय विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन तथा स्वच्छ ऊर्जा पूर्वाधार विकासमा सहयोग पुग्ने जनाएको छ ।

    कार्यक्रममा बोल्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले ह्वावेले २६ वर्षदेखि नेपालमा प्रविधि क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि डिजिटल तथा हरित ऊर्जा क्षेत्रमा सहकार्य जारी रहने बताए ।

    कार्यक्रममा उद्योगी, ऊर्जा क्षेत्रका विज्ञ तथा सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आधुनिक ऊर्जा प्रविधिले नेपाललाई कार्बन उत्सर्जन घटाउने लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend