२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनचाँदीको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 


सञ्चार डबली
  • सोमबार, साउन ४ २०८३
  • 1.2K
    SHARES

  • सुनचाँदीको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य भने ३ हजार ७०४ रुपैयाँ निर्धारण गरिएको छ ।

    नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य सूचीका आधारमा दैनिक सुनचाँदीको दररेट निर्धारण गर्दै आएको छ। सोही अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १९ दशमलव०१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ दशमलव ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend