काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीति दिशाहीन, विधिहीन र थितिविहीन अवस्थामा पुगेको बताएका छन्।
पार्टीको संसदीय मामिला विभागले आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले भदौ २३ र २४ पछिका राजनीतिक घटनाक्रमपछि देशको राजनीति सही दिशामा नरहेको टिप्पणी गरेका छन्।
उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी प्रक्रिया हुने भए पनि वर्तमान सरकार निर्माणको आधार हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीजस्ता घटनासँग जोडिएको आरोप लगाएका छन्।
ओलीले यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको दाबी गर्दै राजनीतिक स्थायित्व, विधिको शासन र संवैधानिक प्रक्रियाको सम्मान आवश्यक रहेको बताएका छन्।

