२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पहिरोले देशभर ६ वटा राजमार्ग अवरुद्ध


सञ्चार डबली
  • शनिबार, साउन २ २०८३
  • 2.6K
    SHARES

  • पहिरोले देशभर ६ वटा राजमार्ग अवरुद्ध

    काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। 

    नेपाल प्रहरीका अनुसार खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका ४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। 

    यसैगरी, बागलुङको जैमिनी नगरपालिका ८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend