२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा


सञ्चार डबली
  • शनिबार, साउन २ २०८३
  • 1.6K
    SHARES

  • पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

    काठमाडौं । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।

    गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री भीम कार्कीले एक समारोहबीच उक्त आउटलेटको उद्घाटन गरेका हुन् । कम्पनीका अनुसार नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि आयोन, एक्सपेङ र डायुनका अत्याधुनिक विद्युतीय सवारी तथा मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।

    सीजी मोटर्सले उपत्यकाबाहिर पनि नवीन विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई यो आउटलेटले थप मजबुत बनाउने जनाएको छ ।

    कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले उपत्यकाबाहिर विद्युतीय सवारीको विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

    ग्राहक–केन्द्रित अवधारणामा निर्माण गरिएको आउटलेटमा सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यसले ग्राहकलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री कार्कीले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई प्राथमिकतामा राखेको भन्दै सीजी मोटर्सको प्रशंसा गरे ।

    कार्यक्रममा सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जालमार्फत कम्पनीले सहज, पहुँचयोग्य र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको बताए ।

    उनले यही पूर्वाधारका कारण सीजी मोटर्स नेपालका विश्वासिलो विद्युतीय सवारी प्रदायकमध्ये अग्रणी कम्पनीका रूपमा स्थापित भएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend