२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वाणिज्य बैंकहरूले साउनमा पनि घटाए ब्याजदर, कुन बैंककाे कति ?

तरलताको सहज अवस्था र कर्जाको माग बढ्ने अपेक्षाले वाणिज्य बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेको देखिन्छ।


सञ्चार डबली
  • शनिबार, साउन २ २०८३
  • 1.8K
    SHARES

  • वाणिज्य बैंकहरूले साउनमा पनि घटाए ब्याजदर, कुन बैंककाे कति ?

    काठमाडौँ / सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आगामी २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार विगत लामो समयदेखि बैंकिङ प्रणालीमा देखिँदै आएको ब्याजदर घट्ने क्रम साउन महिनामा पनि रोकिएको छैन ।

    असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदरमा गिरावट आएको छ । तथ्याङ्कअनुसार २० वटा वाणिज्य बैंकहरूमध्ये ७ वटा बैंकले आफ्नो ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् । यसैबिच, नेपाल बैंक लिमिटेडले भने विपरीत दिशा समात्दै आफ्नो संस्थागत ब्याजदरमा वृद्धि गरेको छ ।

    साउन महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक शीर्ष स्थानमा रहेको छ। 
    यस बैंकले व्यक्तिगत मुद्दतीतर्फ ०.७५ प्रतिशत विन्दु र संस्थागत मुद्दतीतर्फ १ प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ।

     त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ। 

    सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर कम गरेको छ भने कृषि विकास बैंकले संस्थागत तर्फ मात्र ०.०३ प्रतिशत विन्दुले ब्याजदर सामान्य घटाएको छ। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कटौती गरेका छन्।

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा अधिकांश वाणिज्य बैंकहरूले भने असार महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्।

    नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियल गरी १२ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। 

    घट्दो ब्याजदरको यस चौतर्फी प्रवृत्तिका बिच नेपाल बैंक लिमिटेडले भने संस्थागत तर्फको अधिकतम ब्याजदरलाई ३ प्रतिशतबाट १ प्रतिशत विन्दुले बढाएर ४ प्रतिशत पुर्‍याएको छ। ४ वर्ष वा सोभन्दा लामो अवधिको संस्थागत मुद्दती निक्षेपमा बैंकले यो दर तोकेको हो। यद्यपि, बैंकले आफ्नो व्यक्तिगत तर्फको ब्याजदर भने ४.२५ प्रतिशतमा नै स्थिर राखेको छ।

    नयाँ प्रकाशित दर अनुसार, साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिनेछन्, जसको अधिकतम दर ४.५५ प्रतिशत रहेको छ। 

    अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ३.८५ प्रतिशत मात्र ब्याज पाउनेछन्। 

    संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल बैंकले सबैभन्दा धेरै ४ प्रतिशत ब्याज दिनेगरी तोकेको छ। प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तय गरेका छन्।

    तरलताको सहज अवस्था र कर्जाको माग बढ्ने अपेक्षाले वाणिज्य बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेको देखिन्छ। 

    1784191930-XKQFW.jpg

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend