२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सरकारी निकायमा नयाँ करार नियुक्ति रोक


सञ्चार डबली
  • शुक्रबार, साउन १ २०८३
  • 1.3K
    SHARES

  • सरकारी निकायमा नयाँ करार नियुक्ति रोक

    काठमाडौं –  सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

    परिपत्रअनुसार नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा अब नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन। कर्मचारी आवश्यक परेमा ‘पुल’मा रहेका करारका कर्मचारीलाई सङ्घीय मामिला मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरेर काममा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, एकीकरण वा खारेजीको प्रक्रियामा रहेका सरकारी निकायमा सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति भने हाल कार्यरत करार कर्मचारीहरूमध्येबाटै व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend