काठमाडौं/ चेरीले नेपाली बजारमा आफ्नो नयाँ १०० प्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी Q’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो गाडी आगामी NAIMA Mobility Expo 2026 मा पहिलोपटक नेपाली उपभोक्तामाझ प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
न्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी Q आकर्षक बाह्य डिजाइनसँगै फराकिलो र व्यावहारिक इन्टेरियरका साथ आउनेछ। गाडीमा ३७५ लिटर क्षमताको बुट स्पेस रहेको छ भने पछाडिका सिट फोल्ड गर्दा यसको क्षमता १,४५० लिटरसम्म विस्तार गर्न सकिनेछ।
कार्यसम्पादनका हिसाबले चेरी Q मा ९० किलोवाट क्षमताको परमन्ट म्याग्नेट इलेक्ट्रिक मोटर र ४१.२ kWh क्षमताको LFP ब्याट्री जडान गरिएको छ। रियर–ह्विल ड्राइभ (RWD) प्रणालीमा उपलब्ध हुने यो गाडीले NEDC मापदण्ड अनुसार करिब ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।
चार्जिङ सुविधाका दृष्टिले पनि चेरी Q प्रतिस्पर्धी देखिएको छ। यसमा ८५ किलोवाटसम्मको DC फास्ट चार्जिङ सपोर्ट उपलब्ध रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म केवल १६ मिनेटमै चार्ज गर्न सक्षम बनाउँछ। साथै, Vehicle-to-Load (V2L) प्रविधिका कारण गाडीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न पनि सकिने सुविधा रहेको छ।
चेरी Q तीनवटा भेरियन्ट, पाँचवटा आकर्षक बाहिरी रङ तथा दुईवटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ। कम्पनीका अनुसार नेपाली विद्युतीय सवारी बजारको बढ्दो मागलाई लक्षित गर्दै विकसित गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
चेरी Q को आधिकारिक सार्वजनिक प्रदर्शन तथा मूल्य घोषणा आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने NAIMA Mobility Expo 2026 का क्रममा गरिने कम्पनीले जनाएको छ।

