२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार, चितवनमा अत्याधुनिक ३एस सुविधा


सञ्चार डबली
  • शनिबार, असार २७ २०८३
  • 1.4K
    SHARES

  • टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार, चितवनमा अत्याधुनिक ३एस सुविधा

    चितवन। नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालि ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। कम्पनीले अटोवेज पोखरा प्रालि लाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

    नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटा गाडी खरिद,अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ।

    उद्घाटन समारोहमा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले नयाँ केन्द्रबाट ग्राहकहरूको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनु भयो । सन् २०११ मा भरतपुरबाट यात्रा सुरु गरेको अटोवेजले विगत १५ वषमा ग्राहकहकसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले अत्याधुनिक ३एस सुविधा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रिपछिको सेवा प्रदान गर्ने उदेश्यले स्थापना गराएको बताउनु भयो।

    WhatsApp Image 2026-07-10 at 6.30.16 PM.jpeg
    undefined

    उहाले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताउनु भयो।

    कार्यक्रममा वैद्य अगनाइजेशन अफ इन्डष्ट्रिज (भोइथ) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दिर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए। उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले वश्वब्यापी पहिचान बनाएको बताउनु भयो।

    चितवनमा अत्याधुनिक ३एस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकहरुका लागि महत्वपूर्ण उपलब्ध हो, उहाले भन्नुभयो अब चितवनका ग्राहकहरुले राजधानी धाउनुपनेै झन्झट बिना आफ्नै शहरमा अन्तर्राष्ट्रिय स्तरको बिक्रि तथा बिक्रिपछिको सेवा प्राप्त गन सक्नेछन्।

    पछिल्ला वर्षहरूमा उद्योग, ब्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित हुदै गएको छ। यस्तो अवस्थामा टोयोटाको आधुनिक ३एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकहरुलाई अझ सहज, छटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतशील बनाउने अपेक्षा गरएको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend