२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजको मौसम पूर्वानुमान 


सञ्चार डबली
  • शनिबार, असार २७ २०८३
  • 1.4K
    SHARES

  • आजको मौसम पूर्वानुमान 

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जानकारी दिएको छ ।

    हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी  भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र  सुदुरपश्चिम प्रदेशको पहाडी र तराई  भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै  स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई  भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend