२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विदेशी शैक्षिक कार्यक्रम अवैध रूपमा चलाए कारबाही हुने, मन्त्रालयद्वारा ३ दिनभित्र सूचना दिन आह्वान


सञ्चार डबली
  • शुक्रबार, असार २६ २०८३
  • 1.4K
    SHARES

  • विदेशी शैक्षिक कार्यक्रम अवैध रूपमा चलाए कारबाही हुने, मन्त्रालयद्वारा ३ दिनभित्र सूचना दिन आह्वान

    काठमाडौँ । सरकारको अनुमतिबिना ए–लेभल, सिबिएसई (CBSE), र आइबिडिपी (IBDP) लगायतका विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूमाथि शिक्षा तथा खेलकुद मन्त्रालयले कडा कारबाही गर्ने चेतावनी दिएको छ।

    मन्त्रिपरिषद्को गत बुधबारको बैठकले 'विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३' स्वीकृत गरेसँगै मन्त्रालयले यसको कार्यान्वयनमा सक्रियता देखाएको हो। विदेशी सम्बन्धनका नाममा चलिरहेका शैक्षिक कार्यक्रमहरूको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार कतिपय शैक्षिक संस्थाहरूले कानुनी प्रक्रिया मिचेर स्वीकृतबिना नै यस्ता कार्यक्रमहरू चलाइरहेकाले उनीहरूलाई कानुनी व्यवस्थाबारे पुनः सचेत गराइएको हो।

    मन्त्रालयले कतै अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा सूचना उपलब्ध गराउन सरोकारवाला सबैसँग आग्रह गरेको छ।

    उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको नयाँ नियमावलीअनुसार अब विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट सम्बन्धन लिएर सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरूका लागि नयाँ र कडा मापदण्ड लागू हुने मन्त्रालयले प्रस्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend