२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ: कुलमान घिसिङ


सञ्चार डबली
  • शनिबार, असार २० २०८३
  • 2.5K
    SHARES

  • images
    रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ: कुलमान घिसिङ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले महिलाको सुरक्षित आवागमनका लागि 'ब्लू बस' सञ्चालन गर्ने सरकारको योजनाको स्वागत गर्दै साझा यातायातको 'हरियो पहिचान' परिवर्तन नगर्न आग्रह गरेका छन् । सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत यो योजना ल्याएको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

    यस योजनाका लागि साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा चलिरहँदा अध्यक्ष घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझाको स्थापित हरियो रङ बदल्न खोज्नु उपयुक्त नभएको बताएका छन्। 

    साझा यातायातले विद्युतीय सवारी प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु नहुने उनको भनाइ छ। हरियो रङ केवल रङ मात्र नभएर वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक र हरेक क्षेत्रलाई हरित बनाउने राष्ट्रिय सङ्कल्प समेत भएको उनले स्पष्ट पारेका छन्।

    अध्यक्ष घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको उल्लेख गरेका छन्। महिलाको सुरक्षा कुनै एउटा 'ब्लू बस' मा मात्र सीमित नभएर सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्नेमा उनले जोड दिएका छन्। 

    रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको औँल्याउँदै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने धारणा राखेका छन्। त्यस्तो अवस्थामा मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुने घिसिङको ठहर छ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend