२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टि-ब्रान्ड शोरूम सञ्चालनमा


सञ्चार डबली
  • सोमबार, असार १५ २०८३
  • 2.7K
    SHARES

  • images
    ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टि-ब्रान्ड शोरूम सञ्चालनमा

    ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ मल्टि-ब्रान्ड शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। योसँगै अब  ग्राहकले ललितपुरमै अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल अनुभव गर्न पाउनेछन । 

    ललितपुरको सबैभन्दा प्रमुख र सहज पहुँच भएको स्थानमध्ये एक कुमारिपाटीमा रहेको यो नयाँ शोरूमले सेल्स, सर्भिस र स्पेयर्स (थ्रिएस) सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्ने गरी डिजाइन गरिएको छ। यस नयाँ शोरूमसँगै ट्रायम्फले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाएको छ। 

    यो कम्पनीको नेपालमा सातौँ शोरूम हो भने आगामी दिनमा थप स्थानहरूमा पनि शोरूम विस्तार गर्ने योजना रहेको छ। 

    नयाँ शोरूमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी सुनील जंग शाहले सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। 

    ललितपुरस्थित यो शोरूम मोटरसाइकल पारखीहरूका लागि एक विशिष्ट मल्टि-ब्रान्ड गन्तव्यका रूपमा स्थापित भएको छ, जहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएम को विश्व प्रसिद्ध मोटरसाइकल मोडेलहरु  एउटै छानामुनि अनुभव गर्न सकिन्छ।

    यो शोरूम ग्राहकहरूलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको हो।

    कार्यक्रममा बोल्दै बाइकर्स डिपोका सञ्चालक सतीश श्रेष्ठले ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यका साथ ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याउन पाउँदा हामी निकै गर्व महसुस गरेको बताए। 

    बिक्री, सर्भिस र स्पेयर्सको सम्पूर्ण सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट प्रदर्शन, गुणस्तर र मोटरसाइकलप्रतिको लगावलाई महत्व दिने प्रत्येक राइडरका लागि भरपर्दो गन्तव्य बन्ने लक्ष्य रहेको उनको भनाइ थियो। 

    शोरूम उद्घाटनका अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ललितपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याउनु केवल गर्व  मात्र होइन, नेपालभरका राइडरहरूसम्म ट्रायम्फको प्रिमियम अनुभव अझ सहज रूपमा पुर्याउने महत्वपूर्ण प्रयास पनि भएको उल्लेख गरे। 

    यस विस्तारसँगै ट्रायम्फ र केटीएम ले नेपालभरका राइडरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन्। उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यी ब्रान्डहरूले मोटरसाइकल मात्र नभई सम्पूर्ण मोटरसाइकलिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन्।

    बाइकर्स डिपो ललितपुरका लागि ट्रायम्फ र केटीएमको आधिकारिक शोरूम पार्टनर हो। यहाँ मोटरसाइकल पारखीहरूलाई प्रिमियम मोटरसाइकल, जेन्युइन स्पेयर्स, व्यावसायिक सर्भिस तथा खरिददेखि बिक्रीपछिको सेवासम्मको उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend