२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार


सञ्चार डबली
  • शनिबार, असार १३ २०८३
  • 1.9K
    SHARES

  • याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

    हेटौँडा / राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज रूपमा सवारी बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार सेवा सञ्चालनसँगै सुरक्षित, भरपर्दो तथा सहज यात्रालाई प्राथमिकता दिइनेछ । साथै स्थानीय स्तरमा रोजगारी तथा सेवा पहुँच विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    यात्रुहरूले एपमार्फत आफ्नो गन्तव्य चयन गरी सेवा लिन सक्नेछन् भने चालक र यात्रुबीचको समन्वयलाई डिजिटल माध्यमबाट थप व्यवस्थित बनाइने जनाइएको छ ।

    हेटौँडामा याङ्गो प्रोको प्रवेशसँगै यातायात सेवामा नयाँ विकल्प थपिएको स्थानीयले अपेक्षा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend