२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन


सञ्चार डबली
  • शनिबार, असार १३ २०८३
  • 1.8K
    SHARES

  • राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताएका छन् ।

    काठमाडौं जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन तोकिएकै मितिमा हुने र त्यो परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।

    उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमै गर्ने भएका छौं । महाधिवेशनमा जान कुनै कुराले रोक्दैन । मिति परिवर्तनको कुनै सम्भावना छैन । महाधिवेशनको पूर्व तयारीका क्रममा गर्नुपर्ने स्थानीय तहको अधिवेशनहरुमा सक्रिय रुपले सहभागि हुन सबैलाई आग्रह गर्दछु ।’

    उनले महाधिवेशनको पूर्वतयारीका क्रममा स्थानीय तहका अधिवेशनहरूमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    अध्यक्ष लिङ्देनले पार्टी छाडेर जाने नेताहरूको विषयमा धेरै टिप्पणी नगर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिलाई अस्वाभाविक रूपमा नलिएको बताए ।

    उनले आफू पार्टीका सबै उतारचढावको साक्षी रहेको उल्लेख गर्दै अहिलेको अवस्था संगठनका लागि चुनौतीपूर्ण भए पनि त्यसबाट विचलित नहुने धारणा व्यक्त गरे ।

    उनले भने, ‘पार्टी छाडेर जानेहरूको बारेमा धेरै टिप्पणी गर्दिनँ । पार्टीका सबै उतारचढावमा म सामेल छु । अहिले म जहाँ छु, यो जीवनलाई अतिरिक्त जीवन भन्छु। यो नाफाको जीवन हो। म कालको मुखबाट फर्किएर आएको मान्छे हुँ । त्यसकारण संगठनमा आएको अहिलेको परिस्थितिलाई अत्तिनुपर्ने वा अप्ठ्यारो रूपमा लिनुपर्ने ठानेकै छैन । इतिहासमा युद्धका नियममा अथवा राजनीतिमा लडाइँबाट भाग्नेहरू जितेका वा लुक्नेलाई कसैले पनि बहादुर भनेको इतिहास छैन ।

    अहिले राप्रपालाई अप्ठ्यारो परेकै बेला यसलाई कमजोर मात्र होइन, समाप्त नै पार्न विगतमा झैँ देशी–विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन। अहिले चारैतिरबाट यो एउटा राष्ट्रवादी शक्तिलाई कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइरहेको बेला लुक्ने र मैदान छोड्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन।’

    लिङ्देनले राप्रपालाई कमजोर बनाउने तथा समाप्त पार्ने उद्देश्यसहित विभिन्न शक्तिहरूले घेराबन्दी गरिरहेको आरोप लगाए । यस्तो अवस्थामा पार्टी छाड्ने वा राजनीतिक मैदानबाट पछि हट्नेप्रति आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend