२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाली बजारमा जीडब्लूएमको ओरा ०५ ईभी सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, असार ९ २०८३
  • 1.8K
    SHARES

  • images
    नेपाली बजारमा जीडब्लूएमको ओरा ०५ ईभी सार्वजनिक

    काठमाडौं । ग्रेट वाल मोटरको विद्युतीय गाडी ओरा-०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रा.लिले एक कार्यक्रमका बीच ओरा-०५ गाडीलाई बजारमा ल्याएको हो ।

    कम्पनीका अनुसार नेपाली सडक अनुकूल डिजाइन गरिएको यस ओरा-०५ मा सुरक्षा र क्षमतालाई उच्च प्राथमिकता दिइएको छ । गाडीमा आगो र पानीबाट पूर्ण सुरक्षित प्रमाणित भएको अत्याधुनिक ड्र्यागन आर्मर ब्याट्री प्रयोग गरिएको छ ।

    जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली बाटोका लागि उपयुक्त २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग र २० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर असिस्ट फिचरहरू समावेश रहेको कम्पनीले दाबी गरेको छ ।

    यसको इन्टेरियरलाई विलासी बनाउन ३६० डिग्री क्यामेरा सिस्टम, सनरुफ र आकर्षक एम्बिएन्ट लाइट जस्ता लक्जरी सुविधाहरू राखिएका छन् ।

    कम्पनीले नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    कार्यक्रममा भिडियो सन्देशमार्फत शुभकामना दिँदै जीडब्लूएम इन्टरनेशनलका अध्यक्ष एन्डीले ओरा-०५ आधुनिक र प्रिमियम जीवनशैली चाहने नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै, जीडब्लूएमका प्रबन्धक टोबीले नेपालको अटोमोबाइल बजारलाई ग्रिन ट्रान्सफर्मेसन (हरित रूपान्तरण) तर्फ लैजान कम्पनी प्रतिबद्ध रहेको बताए । उनले हावल, ट्याङ्क र ओरा जस्ता ब्रान्डले नेपाली ग्राहकको मन जितिरहेको दाबी गरे ।

    भिजी इम्पेक्सका प्रबन्धक प्रतीक जालानले ओरा-०३ को सफलतापछि नयाँ मोडलले बजारमा नयाँ उचाइ लिने दाबी गरे । उनले कम्पनीले बिक्रीपछिको सेवामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।

    यो इलेक्ट्रिक एसयूभी अब देशभरका जीडब्लूएम सोरुमहरूमा बुकिङ र अवलोकनका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend