२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘देश रास्वपाको हातमा छ र सुरक्षित छ, तपाईंहरू निर्धक्क हुनुस्’: रवि लामिछाने


सञ्चार डबली
  • आइतबार, असार ७ २०८३
  • 3.4K
    SHARES

  • images
    ‘देश रास्वपाको हातमा छ र सुरक्षित छ, तपाईंहरू निर्धक्क हुनुस्’: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश अब रास्वपाको हातमा आइसकेको र पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्।

    चितवनमा सुरु भएको पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दलका नेताहरूलाई देशको भविष्यप्रति ढुक्क हुन आग्रह गरे। बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई देशकै सबैभन्दा शक्तिशाली पार्टी बनाएको उनको भनाइ थियो।

    शक्तिशाली हुनु दम्भ र प्रतिशोधको लाइसेन्स होइनसम्बोधनका क्रममा सभापति लामिछानेले शक्तिलाई रास्वपाले दुरुपयोग नगर्ने स्पष्ट पारे। "बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ," उनले भने, "तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स पाउनु होइन। हामी नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढताका साथ उभिएका छौँ।"

    मञ्चमा उपस्थित अन्य दलका शीर्ष नेताहरूलाई लक्षित गर्दै लामिछानेले रास्वपाको नेतृत्वमा लोकतान्त्रिक मूल्य मान्यताहरू झन् बलियो हुने विश्वास दिलाए। "लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ," उनले भने, "त्यसैले तपाईंहरू निर्धक्क हुनुभए हुन्छ, देश सुरक्षित हातमा छ।"

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend