२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्पोर्टी लुक र दमदार पर्फमेन्ससहित नेपालमा सार्वजनिक भयो टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु


सञ्चार डबली
  • शनिबार, असार ६ २०८३
  • 2.7K
    SHARES

  • images
    स्पोर्टी लुक र दमदार पर्फमेन्ससहित नेपालमा सार्वजनिक भयो टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु

    काठमाडौं- नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु नेपालमा सार्वजनिक गरेको छ। युवा राइडरलाई लक्षित गर्दै ल्याइएको नयाँ कलर भेरियन्टले स्कुटरमा थप आकर्षक लुक, स्पोर्टीनेस र बोल्ड डिजाइन प्रदान गर्ने कम्पनीले जनाएको छ।

    नयाँ स्कुटर सार्वजनिक कार्यक्रम काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले स्कुटर सार्वजनिक गरेका थिए। कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा टीभीएसका प्रशंसकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कम्पनीका अनुसार टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेषगरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई प्राथमिकता दिने युवा राइडरहरूका लागि डिजाइन गरिएको हो। ब्लेज ब्लु रंग, स्पोर्टी ग्राफिक्स तथा आकर्षक डिजाइनले स्कुटरलाई सडकमा थप फरक र आकर्षक बनाउने विश्वास कम्पनीको छ।

    टीभीएस एनटर्क १२५ रेस एक्सपी लामो समयदेखि बोल्ड डिजाइन, पावरफुल इन्जिन र टीभीएस रेसिङको पर्फमेन्स डीएनएका कारण युवा राइडरमाझ लोकप्रिय रहँदै आएको छ। नयाँ ब्लेज ब्लु एडिसनले उक्त पहिचानलाई अझ सशक्त बनाउने कम्पनीको दाबी छ।

    स्कुटरले प्रतिलिटर ५० किलोमिटरसम्मको परीक्षण गरिएको माइलेज दिने तथा लाइफटाइम वारेन्टी एस्योरेन्स उपलब्ध हुने कम्पनीले जनाएको छ। यसले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

    कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस एनटर्कले सधैं पर्फमेन्स, प्रविधि र स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाएको उल्लेख गर्दै नयाँ ब्लेज ब्लु भेरियन्टले त्यो अनुभवलाई थप उत्साहजनक बनाउने बताए।

    नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको मूल्य ३ लाख ३४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। यो स्कुटर देशभर रहेका टीभीएसका आधिकारिक शोरुममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend