२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड'


सञ्चार डबली
  • आइतबार, जेठ ३१ २०८३
  • 4.6K
    SHARES

  • images
    लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड'

    काठमाडौँ / लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले हुन्डाइ माेटर कम्पनीबाट प्रदान गरिने प्रतिष्ठित “इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड” प्राप्त गरेको छ।

    कम्पनीलाई बिक्रीपछिको उत्कृष्ट सेवा, उच्च ग्राहक सन्तुष्टि र प्रभावकारी मर्मत–सम्भार सेवाका लागि यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। 

    यो उपलब्धिले गाडी बिक्रीपछि पनि ग्राहक अनुभवलाई उच्च प्राथमिकतामा राख्ने हुन्डाईको सेवा दर्शनलाई थप सुदृढ बनाएको छ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्ला वर्षहरूमा बिक्रीपछिको सेवालाई आफ्नो प्रमुख क्षमताका रूपमा विकास गर्दै सेवा केन्द्रहरूको विस्तार, प्राविधिक जनशक्तिको दक्षता वृद्धि तथा पूर्वाधार आधुनिकीकरणमा निरन्तर लगानी गर्दै आएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो उपलब्धिलाई नेपालको अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। कम्पनीले ग्राहक सन्तुष्टिलाई दीर्घकालीन प्रतिबद्धता मानेर सेवा गुणस्तरमा निरन्तर सुधार गर्दै आएको जनाएको छ।

    साे अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी तथा साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा र विश्वस्तरीय मापदण्ड कायम गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend