२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि आईएमईए (IMEA) सेवा प्रदर्शन पुरस्कार'


सञ्चार डबली
  • बिहीबार , जेठ २८ २०८३
  • 2.8K
    SHARES

  • images
    लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि आईएमईए (IMEA) सेवा प्रदर्शन पुरस्कार'

    काठमाडौँ / लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले हुन्डाइ माेटर कम्पनीबाट प्रदान गरिने प्रतिष्ठित “इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड” प्राप्त गरेको छ। कम्पनीलाई गाडी बिक्रीपछिको उत्कृष्ट सेवा, उच्च ग्राहक सन्तुष्टि र प्रभावकारी मर्मत–सम्भार सेवाका लागि यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। यो उपलब्धिले गाडी बिक्रीपछि पनि ग्राहक अनुभवलाई उच्च प्राथमिकतामा राख्ने हुन्डाईको सेवा दर्शनलाई थप सुदृढ बनाएको छ।

    धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भनेबिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ। ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ।

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण हो। कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ। यो ठूलो सफलता सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा हो।

    साे अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी तथा साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा र विश्वस्तरीय मापदण्ड कायम गर्ने प्रतिबद्धता जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend