२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो, अब नयाँ मूल्य रु. ५४.९९ लाखमा उपलब्ध


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 3.0K
    SHARES

  • images
    लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो, अब नयाँ मूल्य रु. ५४.९९ लाखमा उपलब्ध

    काठमाडौं- नेपालका लागि लिपमोटर गाडीको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ।

    नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६० लाखबाट घटाएर ५४ लाख ९९ हजार अर्थात् साविकको मूल्यभन्दा ५ लाख कम कायम गरिएको छ।

    उक्त घोषणा जेठ २४ गतेका दिन उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो, जसमा मिडिया प्रतिनिधिहरू, अटो इन्फ्लुएन्सरहरू र ईभी प्रेमीहरूको उपस्थिति रहेको थियो ।

    यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी१० लाई थप पहुँचयोग्य बनाउनेछ।

    कार्यक्रममा बोल्दै साङ्‌ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले भने, 'लिपमोटर बी१० टप भेरियन्टको मूल्य ५ लाखले घटेर अब मात्र ५४ लाख ९९ हजार कायम हुनुले नेपाली ग्राहकहरू माझ अत्यन्तै सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।'

    लिपमोटर बी१० ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमतालाई संयोजन गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend