२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

समाजवाद भाषणमा सजिलो, व्यवहारमा कार्यान्वयन गर्न कठिन छ : प्रधानमन्त्री शाह


सञ्चार डबली
  • आइतबार, जेठ १७ २०८३
  • 3.0K
    SHARES

  • images
    समाजवाद भाषणमा सजिलो, व्यवहारमा कार्यान्वयन गर्न कठिन छ : प्रधानमन्त्री शाह

    काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले समाजवाद र साम्यवादका सिद्धान्तबारे भाषण गर्न सजिलो भए पनि व्यवहारमा कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण हुने बताएका छन्।

    प्रतिनिधिसभामा विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले नेपाललाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने विषयमा सरकारको धारणा मागेपछि जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो टिप्पणी गरेका हुन्।

    ‘हामी अहिले निर्यातमुखी उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमार्फत देशको आय बढाउनेतर्फ केन्द्रित छौँ,’ प्रधानमन्त्री शाहले भने, ‘गरिब र विपन्न वर्गका विषयमा साम्यवाद र समाजवादका भाषण गर्न मजा आउँछ, तर व्यवहारमा लागू गर्न कठिन नै हुन्छ।’

    उनले आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा विपन्न परिवारका बालबालिकाका लागि निजी विद्यालयमा १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको स्मरण गर्दै त्यसलाई व्यवहारिक समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे।

    प्रधानमन्त्री शाहले समाजवादको मूल उद्देश्य अवसरको समान पहुँच सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै राज्यले उत्पादन, रोजगारी र आर्थिक अवसर सिर्जनामा जोड दिनुपर्ने धारणा व्यक्त गरे। उनले आर्थिक समृद्धिसँगै सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend