२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्थापित दल नै दीर्घकालीन रूपमा देश सम्हाल्ने: पुन


सञ्चार डबली
  • शनिबार, जेठ १६ २०८३
  • 3.4K
    SHARES

  • images
    स्थापित दल नै दीर्घकालीन रूपमा देश सम्हाल्ने: पुन

    काठमाडौं, जेठ १७ — नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्ता शक्तिहरू छिट्टै पतन हुने उल्लेख गरे।

    पुनले भने, “डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालबाटै तय हुन्छ, तर त्यहाँ स्थिर नेतृत्व हुँदैन। लाइक माइन्डेडहरूको समूह बनेर एजेण्डा सेट हुन्छ।” उनका अनुसार यस्ता आन्दोलनहरू तीव्र र हिंसात्मक हुने तर भर्चुअल दुनियाँबाट उठेका आन्दोलनहरू उत्तिकै छिटो पतन हुने गर्छन्।

    २०७९ को चुनावमा मधेशमा सिके राउतको पार्टीको उदाहरण दिँदै उनले एकैछिनमा उदाएका शक्तिहरू अहिले कतै नरहेको बताए। साथै, एक महिनाभित्रै नयाँ दलका दुई मन्त्री पदमुक्त हुनु उनीहरूको कमजोर जगको प्रमाण भएको टिप्पणी गरे।

    पुनले विचार, त्याग र बलिदानबिना आएका शक्तिले समाज सम्हाल्न नसक्ने ठहर गर्दै स्थापित दलहरूलाई प्रविधिमैत्री बनाउन चुनौतीपूर्ण भए पनि दीर्घकालीन रूपमा उनीहरूले नै देश सम्हाल्ने अवस्था आउने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend