२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश प्रस्ताव पारित


सञ्चार डबली
  • बिहीबार , जेठ ७ २०८३
  • 7.8K
    SHARES

  • सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न,  ५ प्रतिशत लाभांश प्रस्ताव पारित

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सभा सम्पन्न भएको हो ।

    सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

    सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरी वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ। त्यस्तै आर्थिक वर्ष २०८१।०८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन भएको हो ।

    साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस शेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

    कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिन बूक क्लोज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend