काठमाडौं । फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मा अभिनेता सलिनमान बनियाँको जोडी जापानिज मिना यशोदा बन्ने भएकी छन् । निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा यशोदालाई अनुबन्धित गरेको हो
नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मिनाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । यशोदा जापानमै बस्दै आएकी छन् ।
निर्माण पक्षले यशोदाको बारेमा थाप जानकारी पछि दिने भएको छ । सलिनमानकै कथा रहेको फिल्म सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । फिल्मको मुख्य भूमिकामा सलिनमान र मिनाको अलवा सलोन बस्नेत पनि देखिनेछन् ।
फिल्ममा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्राचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउन्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) मा काम गर्दैछन् । फिल्मको प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले रहेका छन् ।

