२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः गगन थापा


सञ्चार डबली
  • आइतबार, जेठ ३ २०८३
  • 4.5K
    SHARES

  • images
    नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।

    प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैं स्पष्ट रूपमा उभिने बताएका छन् । सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको उनको आरोप छ । 

    उनले नेता वा सरकार संविधानभन्दा माथी नहुने बताएका छन् । सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने उनको भनाई छ । सरकार पनि संवैधानिक सीमाभन्दा माथि जान नसक्ने उल्लेख गर्दै उनले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन् । 

    कानूनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने काँग्रेसको पूर्ण समर्थन रहने उनले बताएका छन्। 

    उनले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाको लागी काँग्रेसले सडक र सदनबाट सधै सर्षघ गरिरहने बताएका छन् । हाल लोकतन्त्रको लागि आन्दोलन गर्नेहरुलाई अपराधीकरण गर्न खोजिएको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend