२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वाेच्चकाे आदेश


सञ्चार डबली
  • शुक्रबार, जेठ १ २०८३
  • 1.8K
    SHARES

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वाेच्चकाे आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

    न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

    सर्वोच्च अदालतले पाण्डेलाई मुलुक बाहिर जानुपर्ने अवस्था आए अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

    अदालतले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था तत्काल नदेखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

    यसअघि आफ्ना पति ज्योति पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम को सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघातलगायत कसूर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

    पाण्डे पक्राउ परेपछि बैंक तथा वित्तीय संस्थासम्बद्ध विभिन्न संघ–संगठनहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend