२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टाटा मोटर्सको 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' आजदेखि, केके छ सुविधा ?


सञ्चार डबली
  • शुक्रबार, जेठ १ २०८३
  • 3.2K
    SHARES

  • images
    टाटा मोटर्सको 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' आजदेखि, केके छ सुविधा ?

    काठमाडौँ / टाटा माेटर्सको नेपालका लागि आधिकारिक वितरक सिपद्री ट्रेडिङ प्रा.लि.ले “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आजदेखि सुरु गरेको छ। कार्यक्रम जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

    ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यसहित आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

    क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

    कार्यक्रममा टाटा माेटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आन्तरिक दहन इन्जिन सेग्मेन्टका मोडलहरू प्रदर्शन तथा बिक्रीका लागि उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारी साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    एक्सचेन्ज मूल्याङ्कन सेवा Sipradi Assured Pvt. Ltd. मार्फत प्रदान गरिनेछ। कम्पनीले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा पुगेर ग्राहकहरूले यस अवसरको लाभ लिन सक्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend