२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिरो मोटरकर्पका दुई नयाँ अत्याधुनिक शोरुमको उद्घाटन, टेस्ट राइडदेखि क्यासब्याकसम्मको अफर


सञ्चार डबली
  • मंगलबार, वैशाख २९ २०८३
  • 2.9K
    SHARES

  • images
    हिरो मोटरकर्पका दुई नयाँ अत्याधुनिक शोरुमको उद्घाटन, टेस्ट राइडदेखि क्यासब्याकसम्मको अफर

    काठमाडौँ / हिरो मोटर कर्प नेपालले काठमाडौँको बानेश्वर र सितापाइलामा नयाँ डिलरशिपअन्तर्गत अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले औपचारिक कार्यक्रममार्फत नयाँ शोरुम उद्घाटन गरेको हो ।

    उद्घाटन कार्यक्रममा हिरो मोटर कर्प एशिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका प्रतिनिधि, मार्केटिङ प्रमुख, स्थानीय व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कम्पनीका अनुसार नयाँ शोरुममार्फत ग्राहकले हिरोका नवीनतम प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर एउटै स्थानबाट अवलोकन र खरिद गर्न सक्नेछन् । साथै आधुनिक बिक्री सेवा, जेन्युइन स्पेयर पार्ट्स, सहज फाइनान्स सुविधा तथा दक्ष प्राविधिकमार्फत सर्भिस सेवा पनि उपलब्ध गराइनेछ ।

    कार्यक्रममा डिलर प्रतिनिधिहरूले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै नयाँ शोरुममार्फत अझ उत्कृष्ट सेवा र आधुनिक सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उद्घाटन अवसरमा नयाँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड सुविधा, विशेष ओपनिङ अफर, उपहार तथा क्यासब्याक योजना र एक्सचेन्ज अफरसमेत राखिएको थियो ।

    हिरो मोटर कर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा इन्धन बचत गर्ने दुईपाङ्ग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ । नयाँ शोरुम सञ्चालनसँगै ग्राहक पहुँच अझ विस्तार हुने कम्पनीले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend