२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयोः सुदन किराँती


सञ्चार डबली
  • शुक्रबार, वैशाख २५ २०८३
  • 2.5K
    SHARES

  • images
    रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयोः सुदन किराँती

    काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो टिप्पणी गरेका हुन् । 

    सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्। उनले पार्टीहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाएका छन् । 

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारेका छन् । उनले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समय समेत नदिइएको आरोप लगाएका छन् । 

    उनले भने, ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ । मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ। त्यस्तो स्थितिमा हामी थियौँ ।पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन ।’  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend