२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुकुम्वासीका अस्थायी सेल्टरमा रहेका २३ बिरामीहरूलाई वीर र कान्ति रिफर


सञ्चार डबली
  • शनिबार, वैशाख १९ २०८३
  • 2.8K
    SHARES

  • images
    सुकुम्वासीका अस्थायी  सेल्टरमा रहेका  २३ बिरामीहरूलाई वीर र कान्ति रिफर

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो ।

    सुकुम्वासी व्यवस्थापन कार्यक्रम अन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो । कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा, २० जनाको दाँत र १४ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ । शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गर्नुका साथै केहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

    यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ महिला र ३९ पुरुष छन्, जसमा ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका रहेका छन् ।

    शिविरमा आएका बिरामीहरूमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वास र विभिन्न किसिमका संक्रमण तथा चोटपटकको समस्या देखिएको चिकित्सकले बताएका छन् । मन्त्रालयको उच्च नेतृत्वले दुवै शिविरको स्थलगत अनुगमन समेत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend