२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अटोमोवाइलमा MRP स्टिकर अनिवार्य गर्न छलफल, समयमै जाँचपास पूरा गर्न आयातकर्ताहरूलाई विभागकाे आग्रह


सञ्चार डबली
  • मंगलबार, वैशाख १५ २०८३
  • 3.2K
    SHARES

  • images
    अटोमोवाइलमा MRP स्टिकर अनिवार्य गर्न छलफल, समयमै जाँचपास पूरा गर्न आयातकर्ताहरूलाई विभागकाे आग्रह

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीबीच अटोमोवाइल वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपि) सहितको स्टिकर अनिवार्य गर्ने व्यवस्थाबारे छलफल भएकाे छ ।

    साेमबार भएको छलफलमा नाडाले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनमा यस्तो व्यवस्था कार्यान्वयन गर्न सहज भए पनि ठूलो परिमाणमा एउटै बक्समा आउने अटो स्पेयर पार्ट्समा भने व्यावहारिक समस्या रहेको जनाएको छ। 

    साथै भन्सारमा बण्डेड वेयरहाउसको अभावका कारण भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था कार्यान्वयन गर्न कठिन रहेको नाडाको धारणा थियो।

    छलफलमा महानिर्देशक भण्डारीले सबै अटोमोवाइल वस्तुमा एमआरपि स्टिकर अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्दै व्यापार सहजीकरण र राजस्व वृद्धिलाई सँगसँगै अघि बढाउनेतर्फ विभाग केन्द्रित रहेको बताए।

    यसैबीच, वीरगञ्ज भन्सार कार्यालयले तोकिएको समयसीमाभित्र सवारीसाधन जाँचपास गरी लैजान जारी गरेको सूचनाबारे नाडाले जिज्ञासा राखेको थियो। 

    त्यसबारे महानिर्देशक भण्डारीले उक्त सूचना कानुनी प्रावधानअनुसार जारी गरिएको स्पष्ट पार्दै आयातकर्ताहरूलाई समयमै जाँचपास प्रक्रिया पूरा गर्न आग्रह गरे।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै जारी गरेको व्यवस्था अनुसार विदेशबाट आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने र बिक्री गर्दा बिल–बिजक जारी गर्नुपर्ने प्रावधान लागु गरिएको छ।

    उक्त छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लसहित पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend