२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शैक्षिक संस्थामा दुई दिन बिदाको निर्णय धमाधम अस्वीकार गर्दै स्थानीय तह


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 3.9K
    SHARES

  • images
    शैक्षिक संस्थामा दुई दिन बिदाको निर्णय धमाधम अस्वीकार गर्दै स्थानीय तह

    काठमाडौं । शनिबार र आइतबार २ दिन बिदाले पठन पाठन गराउने समय कम हुने भन्दै ४ स्थानीय तहले आइतबार शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेका छन्। 

    सरकारले पेट्रोलियम पदार्थको अभावको कारण देखाउदै शैक्षिक संस्था २ दिन बन्द गर्ने निर्णय गरेको थियो। विभिन्न जिल्लाका स्थानीय तहहरूले सरकारको निर्णय अवज्ञा गर्दै आइतबार शैक्षिक संस्था बन्द गर्न नसकिने निर्णय गरेका हुन्। 

    गुल्मीको छत्रकोट गाउँपालिकाले पठन पाठन गर्न न्यून समय हुने भन्दै २ दिन विद्यालय बिदा दिन नसकिने जनाएको छ। 

    शैक्षिक गुणस्तर वृद्धिका लागेको गाउँपालिकालाई विद्यालय २ दिन बिदाले शिक्षाको गुणस्तर अभिवृद्धिमा नकारात्मक असर पर्ने भन्दै बिदा नदिने निर्णय भएको जनाएको छ। यस गाउँपालिकाले केन्द्र सरकारको निर्देशन अवज्ञा गर्दै वैशाख ६ गतेदेखि भर्ना अभियान र १३ गतेदेखि नियमित पठन पाठन सुरु गराउने निर्णय गरेको छ। 

    यस्तै, नुवाकोटको तार्केश्वर गाउँपालिकाले पनि २ दिन विद्यालय बन्द नगर्ने निर्णय गरेको छ। आइतबार बिदाले पठन पाठनमा असर पार्ने भन्दै बिदा नदिने निर्णय भएको जनाएको छ। 

    यता, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ। आइतवार बिदा दिँदा विद्यालय खुल्ने समय कम भएकाले शैक्षिक संस्थामा २ दिन बिदा नदिने निर्णय भएको जनाएको हो। गाउँपालिकाले वैशाख ९ गतेदेखि नियमित पठन पाठन सुरु गर्ने पनि निर्णय गरेको छ। 

    यस्तै, भक्तपुर नगरपालिकाले पनि शैक्षिक संस्थामा आइतबार बिदा नदिने निर्णय गरेको छ। नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीले संघीय सरकारको अव्यवहारिक निर्णय कार्यान्वयन गर्न नसकिने जनाएका हुन्। 

    उनले थप ५२ दिन शैक्षिक संस्था बन्द गर्दा शैक्षिक कोर्स पुरा नहुने बताएका छन्। भक्तपुर नगरपालिकाले आजदेखि नै नियमित पठन पाठन समेत सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend