२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स्८ एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 2.4K
    SHARES

  • images
    डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स्८ एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता

    डाेङफेङ माेटर कर्पाेरेसनअन्तर्गतको प्रिमियम ब्रान्ड भाेयाहले नयाँ ताइशान एक्स्८ एसयूभी सार्वजनिक गरेको छ। पाँच सिट क्षमतासहितको यो ठूलो एसयुभी विद्युतीय र प्लग–इन हाइब्रिड दुवै संस्करणमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    नयाँ ताइशान एक्स८ मा पिएचइभि संस्करणले अधिकतम ३१० किलोमिटरसम्मको इभि रेन्ज प्रदान गर्नेछ। यसलाई HarmonyOS को नवीनतम ककपिट इकोसिस्टम प्रयोग गर्ने पहिलो गाडीका रूपमा प्रस्तुत गरिएको छ, जसमा डुअल १५.६ इन्च 2K इन्फोटेनमेन्ट स्क्रिन समावेश छन्।

    ताइशान X8, भोयाको SUV लाइनअपमा चौथो र ताइशान सिरिजअन्तर्गत दोस्रो मोडल हो। यसअघि ‘ताइशान’ नामकै पहिलो मोडल सार्वजनिक गरिएको थियो। नयाँ X8 लाई केही सानो सेग्मेन्टमा राखिएको भए पनि यसको डिजाइन र शैली फ्ल्यागशिप मोडलसँग मिल्दोजुल्दो रहेको छ।

    गाडीको लम्बाइ ५२०० मिमी, चौडाइ २०२५ मिमी, उचाइ १८१४ मिमी र ह्विलबेस ३०९० मिमी रहेको छ। कम्पनीका अनुसार यसपटक इन्टेरियरमा विशेष ध्यान दिइएको छ, जहाँ हुवावेको प्रविधि प्रमुख रूपमा समावेश गरिएको छ। इन्फोटेनमेन्ट प्रणालीमा रहेका दुवै स्क्रिन १००० निटसम्म ब्राइटनेस दिने र छुट्टाछुट्टै वा सँगै सञ्चालन गर्न मिल्ने विशेषता छन्।

    प्रविधिका हिसाबले ताइशान X8 मा 800V प्लेटफर्म र 5C फास्ट–चार्जिङ सुविधा दिइएको छ। PHEV संस्करणमा ६५ kWh क्षमताको ब्याट्री रहनेछ, जुन सम्भवतः CATL द्वारा आपूर्ति गरिनेछ। EV संस्करणमा भने अधिकतम १२० kWh ब्याट्री रहनेछ, जसले यसलाई ब्रान्डकै सबैभन्दा ठूलो शुद्ध विद्युतीय SUV बनाउने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार ताइशान X8 को अर्डर बुकिङ सन् २०२६ को मध्यदेखि सुरु हुने सम्भावना छ। मूल्यबारे औपचारिक घोषणा नभए पनि फ्ल्यागशिप ताइशानभन्दा कम हुने अनुमान गरिएको छ।

    चीनको प्रतिस्पर्धात्मक न्यू–इनर्जी SUV बजारमा ताइशान X8 ले BYD को Bao 8, Zeekr 8X र Aito M8 जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

    अन्तर्राष्ट्रिय बजारका लागि यस मोडललाई “Titan X8” नामले ल्याइने सम्भावना पनि रहेको छ, जसले विश्व बजारमा यसको विस्तारको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend