टिभिएस एनटर्क स्कुटरकाे प्रयोगकर्ता सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’ आयोजना गरिएकाे छ । नेपालका लागि टिभिएस माेटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले उक्त उपलब्धिलाई लक्षित गर्दै ‘सेलिब्रेसन राइड’ आयोजना गरेको हो।
शनिबार काठमाडौँको नक्सालस्थित टिभिएस शोरुमबाट सुरु भएको राइड शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्टमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा एनटर्क ओनर्स ग्रुपका सदस्यहरू, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा सञ्चारकर्मीसहित ७० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
राइडका क्रममा सहभागीहरूलाई सुरक्षित यात्रा र सामूहिक राइडिङसम्बन्धी तालिम दिइएको थियो। साथै, विभिन्न मनोरञ्जनात्मक गतिविधि, खेल तथा अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो। विजेताहरूलाई आकर्षक उपहार र सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले १ लाख ५० हजार प्रयोगकर्ताको विश्वासलाई कम्पनीका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।
उक्त कार्यक्रमले टिभिएस एनटर्कको युवा राइडरहरूबीचको लोकप्रियता झन् बढाएको छ। कम्पनीले आगामी दिनमा पनि ग्राहक केन्द्रित र सृजनात्मक कार्यक्रममार्फत ब्रान्ड अनुभवलाई विस्तार गर्ने जनाएको छ।



