२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निजी स्वार्थ त्यागेर कम्युनिस्ट पुनर्गठनमा जुटौँ: नारायणकाजी श्रेष्ठ


सञ्चार डबली
  • मंगलबार, वैशाख १ २०८३
  • 2.8K
    SHARES

  • निजी स्वार्थ त्यागेर कम्युनिस्ट पुनर्गठनमा जुटौँ: नारायणकाजी श्रेष्ठ

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ले निजी स्वार्थभन्दा माथि उठ्दै विगतका गल्ती–कमजोरी सच्याएर पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्।

    नयाँ वर्ष २०८३ को अवसरमा सामाजिक सञ्जालबाट शुभकामना दिँदै उनले निर्वाचनपछिको बदलिँदो राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिहरू निराशा वा पलायनतर्फ जान नहुने बताएका छन् ।  

    समग्र अवस्थाको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा र वस्तुनिष्ठ निष्कर्षसहित कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र पुनर्गठनको दिशामा अघि बढाउन दृढ सङ्कल्प आवश्यक रहेको उनले उल्लेख गरेका छन्। नयाँ वर्षलाई यही लक्ष्यतर्फ अग्रसर हुने अवसरका रूपमा लिन उनले आह्वान गरेका छन्।

    उनले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता तथा संविधान र लोकतन्त्रको संरक्षणका लागि सबै देशभक्त र लोकतन्त्रवादी शक्तिहरूबीच आवश्यकताअनुसार सहकार्य र एकता अपरिहार्य रहेको बताएका छन्। साथै सामाजिक न्यायसहितको समृद्धि वर्तमानको प्रमुख राष्ट्रिय कार्यभार भएको उनको भनाइ छ।

    हालै सम्पन्न निर्वाचनमार्फत जनताले सुशासन र रोजगारीलाई केन्द्रमा राखेर परिवर्तनको आकाङ्क्षा व्यक्त गरेको उल्लेख गर्दै उनले नयाँ वर्षमा वर्तमान सरकारले जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न सफल होस् भन्ने कामना व्यक्त गरेका छन्।

    सरकार गठन भएको केही हप्तामात्र बितेकाले अहिले नै विस्तृत टिप्पणी गर्नु उपयुक्त नहुने भन्दै उनले शङ्काको लाभ दिँदै सरकारको कामकारबाहीलाई सचेततापूर्वक अवलोकन गर्नुपर्ने बताएका छन्।

    यद्यपि सञ्चारमाध्यमलाई कमजोर पार्ने, लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने तथा विधि, पद्धति र कानुनको शासन उल्लङ्घन हुने केही घटनाप्रति उनले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक मूल्यको संरक्षणका विषयमा सबै पक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend