२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एआई र अटोमेसनको शक्ति: चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले के सिक्ने ?


सञ्चार डबली
  • बिहीबार , चैत २६ २०८२
  • 2.2K
    SHARES

  • images
    एआई र अटोमेसनको शक्ति: चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले के सिक्ने ?

    काठमाडौँ / चीनले कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रयोगमार्फत उत्पादन क्षेत्रमा तीव्र आधुनिकीकरण गर्दै उदाहरण प्रस्तुत गरेको छ। सेरेस कम्पनीले चोंगकिंगमा सञ्चालन गरेको “एआई सुपर फ्याक्ट्री” यस रूपान्तरणको प्रमुख नमूना बनेको छ।

    उक्त फ्याक्ट्रीमा ३,००० भन्दा बढी रोबोट प्रयोग गरी वेल्डिङ, पेन्टिङलगायतका काम स्वचालित रूपमा गरिन्छ भने एआई प्रणालीमार्फत सम्पूर्ण उत्पादन प्रक्रिया रियल–टाइममा निगरानी गरिन्छ। क्यामेरा र एआई विश्लेषण प्रयोग गरी ९९.९ प्रतिशतसम्म शुद्धतासहित गुणस्तर परीक्षण गरिँदै आएको छ।

    सेरेस सन् १९८६ मा सानो उत्पादकका रूपमा सुरु भएको कम्पनी हो, जसले हाल हुवावेसँग सहकार्य गर्दै “AITO” ब्रान्डअन्तर्गत स्मार्ट इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ। 

    चोंगकिंग सहर चीनको प्रमुख अटोमोबाइल केन्द्रमध्ये एकका रूपमा विकास हुँदै गएको छ, जहाँ सन् २०२५ को पहिलो ११ महिनामा मात्र करिब २५ लाख सवारी साधन उत्पादन भएको तथ्यांक सार्वजनिक भएको छ। फ्याक्ट्रीमा प्रयोग गरिएको “Industrial Brain” प्रणालीले उत्पादनदेखि सप्लाइ चेन व्यवस्थापनसम्मका कामलाई डिजिटल रूपमा एकीकृत गरेको छ।

    विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिमैत्री मोडेल नेपालका लागि पनि सिकाइको विषय बन्न सक्छ। औद्योगिक क्षेत्र अझै प्रारम्भिक अवस्थामा रहेको नेपालले गुणस्तर परीक्षण, अटोमेसन र सप्लाइ चेन व्यवस्थापनमा एआई प्रयोग गर्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ। 

    उद्योगीहरू भने सरकारी सहयोग, पूर्वाधार विकास र प्रविधिमा लगानी आवश्यक रहेको बताउँछन्। उनीहरूले नेपालले सानो स्तरबाटै डिजिटल प्रविधि अपनाउँदै क्रमशः औद्योगिक क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend