२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त


सञ्चार डबली
  • बुधबार, चैत २५ २०८२
  • 2.8K
    SHARES

  • images
    सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त सीईओमा कवि फूँयाल नियुक्त भएका छन् ।

    सञ्चालक समितिको हिजो बसेको बैठकले वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत फूँयाललाई निमित्त सीईओको जिम्मेवारी दिने दिने निर्णय गरेको कम्पनी सचिव विनाद पौडेलले जनाएका छन् ।

    कम्पनीले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ। साथै, सोको बोधार्थ कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई समेत दिइएको विज्ञप्तिमा उल्लेख छ।

    लामो समयदेखि बीमा क्षेत्रमा कार्यरत फूयाँल यसअघि आईएमई लाइफको सीईओ थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend