२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः सुरेशकुमार आलेमगर


सञ्चार डबली
  • आइतबार, चैत २२ २०८२
  • 5.1K
    SHARES

  • images
    सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः सुरेशकुमार आलेमगर

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

    आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराएका छन् । 

    सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरेका गरेका छन् । 

    सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताएका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend