२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, लेख्छन्– 'हेरौँ ७ भोट आउँछ कि १८९?'


सञ्चार डबली
  • शनिबार, चैत २१ २०८२
  • 3.3K
    SHARES

  • उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, लेख्छन्– 'हेरौँ ७ भोट आउँछ कि १८९?'

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । 

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । '

    साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– 'हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?'

    harka status.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend