२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने– संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु


सञ्चार डबली
  • शुक्रबार, चैत २० २०८२
  • 4.6K
    SHARES

  • सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने– संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु


    काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।

    उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ । प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय संम्वद्ध मैले गर्ने छु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend